
काठमाडौं । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आउन लागेका हुन् । यद्यपी उनी आउने मिति भने टुंगो लागिसकेको छैन ।
ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए । उक्त खेलमा उनले २२ हजार ३५८ रन बनाएका छन् । उनले एउटै टेस्टमा ४०० रन बनाएका थिए । ओडिआइ र टेष्टमा ब्रायनको नाममा उनको एक दर्जन बढी रेकर्ड बनेका छन् ।














