दाङ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय सन्दीप वलीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ मा लु.प्र –०२–००१ प १७१७ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका वलीको बुधबार बिहान पौने ६ बजे मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा उनको मृत्य भएको हो । प्रहरीका अनुसार तीन जना सवार मोटरसाइकल दुर्घटना भएको थियो ।
आइतबार भएको दुर्घटना १६ वर्षीय दिपेन्द्र वलीको मृत्यु भएको थियो । चालक १७ वर्षीय गणेश खड्का घाइते छन् । उनको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ ।














