काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध आज जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ ।
जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ । जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन् ।














