
काठमाडौं । मोटरसाइकल दुर्घटनामा टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी कलाकार हिक्मत महराको निधन भएको छ ।
मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा ३० वर्षीय महराले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














