Logo
Logo

कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले आठ वटा भ्रातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले निर्देशन समिति संयोजक र सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चैतभित्रै महाधिवेशन गर्न सहजीकरणका लागि निर्देशन समिति गठन गरेको कांग्रेसले जनाएको छ ।

नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार चयन भएका छन् । यस्तै नेपाल महिला सङ्घमा पार्टी प्रवक्ता प्रकाशशरण महत, नेपाल किसान महासङ्घमा केन्द्रीय सदस्य रमेश रिजाल र नेपाल भूतपूर्व सैनिक सङ्घमा केन्द्रीय सदस्य एनपी साउद संयोजकमा चयन भएका छन् ।

यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा केन्द्रीय सदस्य मधु आचार्य, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाल थारू सङ्घमा केन्द्रीय सदस्य उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी सङ्घमा केन्द्रीय सदस्य गोविन्दराज पोखरेल चयन भएको कांग्रेसले जनाएको छ ।

यसअघि सभापति देउवाले असोज १६ गते नेपाल महिला सङ्घ, नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्