काठमाडौं । कमलादीस्थित भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । पुननिर्मित सडक आज एक कार्यक्रमबिच आजदेखि खोलिएको हो ।

गत साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयनजिकै सडक भासिएपछि बन्द थियो । उक्त सडकमा बक्स कल्भर्ट निर्माण गरी सुचारु गरिएको हो । सडक भासिनुपुर्व एकतर्फी बनाइएको यो सडक अब सुचारु भएपनि एकतर्फी नै रहने भएको छ ।
उपत्यका ट्राफिक प्रहरीका अनुसार पहिला जस्तै अबउप्रान्त पनि दरबारमार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।














