काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सरेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको हो । यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि माओवादी केन्द्रले पुस १८, १९ र २० गते स्थायी कमिटीको बैठक बोलाएको छ ।














