Logo
Logo

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएको १३ वर्षपछि शशीकिरण श्रेष्ठ पक्राउ


1.3k
Shares

काठमाडौं । भ्रष्टाचार मुद्धामा दोषी ठहर भएको करिब १३ वर्षपछि नेपाल राष्ट्र बैंकका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन् । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उपप्रबन्धक श्रेष्ठलाई शनिबार स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो ।

बैंकको उपप्रबन्धक हुँदा बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा सजायसमेत तोकिएका श्रेष्ठलाई अदालतमा पेश गरेर फैसला कार्यान्वयन गर्ने प्रहरीले जनाएको छ ।

२०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । २०७३ कातिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो । छुट्टा छुट्टै मुद्दामा ६ र ६ महिना कैद सजाय तोकिए्का श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्नु पर्ने भएपनि सार्वजनिक बिदाका कारण सोमबार मात्रै अदालतमा पेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्