Logo
Logo

नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखा अध्यक्षमा कृष्णकुमार कन्दङवा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठान शाखा सदस्यहरुको सर्वसहमति अनुसार कन्दङवाको नेतृत्वमा ११ सदस्य सिङ्गो समिति नै निर्विरोध निर्वाचित भएको हो ।

प्रतिष्ठान शाखाको उपाध्यक्षमा केशव निरौला, महिला उपाध्यक्ष अनुला महर्जन, सचिव विना पौडेल, सहसचिव विनोद बजगाईँ र कोषाध्यक्षमा नन्दश्याम महर्जन निर्विरोध भएका छन् ।

यस्तै, सदस्यहरुमा मदन सापकोटा, विद्या बस्नेत, विरेन्द्र जैरु, कान्छा डंगोल र उपेन्द्र शाही निर्वाचित भएका छन् ।

सबै पदमा आवश्यक बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेको र कसैको दाबी नपरेको हुँदा निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन समिति संयोजक नवराज चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्