Logo
Logo

सिप्रदी ट्रेडिङसँग कामना सेवाको सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले टाटाका विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्ष्ँर गरेका थिए ।
बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्