Logo
Logo

देश निर्माणका लागि बालेन शाहलसँग संवाद गरेको हो : रास्वपा


3.4k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग संवाद गरेको स्वीकार गरेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै बुर्लाकोटीले देश विकास लागि परिवर्तनकारी शक्तिहरूसँग संवाद निरन्तर हुने बताए । पत्रकारहरुले बालेन शाह लगायतसँग रविको पक्षमा मत बनाउन भेटेको हो भन्ने प्रश्नमा उनले सो कुरा बताएका हुन् ।

‘देश निर्माणका लागि सबैसँग संवाद गर्ने सबैलाई एक ढिक्का बन्नुपर्छ । त्यसैको एक नियमित प्रक्रिया हो’, उनले भने । उनले यस्ता संवादहरू नियमित हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्