Logo
Logo

हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश गरेपछि…


1.4k
Shares

काठमाडौं । चितवनको सौराहामा हात्ती महोत्वसको अन्तिम दिन जंगली हात्ती प्रवेश गरेपछि पुरस्कार वितरण कार्यक्रम स्थगित भएको छ ।

बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगली हात्तीलाई कार्यक्रम स्थलबाट धपाउने प्रयास भइरहेको छ ।

सुरक्षाका लागि नेपाली सेना पनि खटिएको छ । कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्