
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
जसअन्तर्गत बिहान ११ बजे कानुन समितिको बैठक बस्दै छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थाबारे छलफल हुने छ ।
त्यस्तै बिहान साढे १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।