Logo
Logo

नसकिएको शृङ्खला


- बिन्दिया प्रधान

63
Shares

– आँशुका थोपाजस्तै भूँइमा खसेर हेर
– पूजाको फूलजस्तै दिन–दिन मरेर हेर
यो स्थिति छ लकडाउनमा पीडित भएका सर्वसाधारणहरुको । भीम बिरागको रचना र संगीतमा नारायणगोपालले गाएको यो एक लोकप्रिय गीतको बोल हो । अति पीडित सर्वसाधारणहरु हुने खानेहरुलाई अनि सरकारलाई यसै भनिरहेका छन् कि एकपटक आँशुजस्तै खसेर त हेर । भुइँमा खस्ने अस्तित्वविहीन आँशुहरुको मूल्य आँशु झार्नेलाई थाहा हुन्छ । अनि बिहानै देवीदेवताका शीरमा चढाइने स्वच्छ फूलको कथा पनि त्यस्तै हो, जो दिनको अन्तरालमा ओइलिदै सुक्दै भोलिपल्ट फोहोरको रुपमा फ्याँकिइन्छन् । तर

– जीवन सधँै आँशु भएर भुइँमा खसिरहनका लागि मात्र होइन
– नत जीवन सधँै ओइलाएर फूलजस्तै सुक्नकै लागि मात्र हो
– जीवनसँग भोक र अति आवश्यक्ताहरु हुन्छन्
– ती पूरा हुन मान्छे चलायमान हुनैपर्छ ।

बिन्दिया प्रधान

अर्को एउटा महत्वपूर्ण कुरा तिमी यस्तो काम गर जो कसैले पनि खोस्न नसकोस् सेल्फ इम्ल्पोइड, सेल्फ इनडिपेन्डेण्ट । यो कोरोना संकटले त्यसै भन्यो । गाउँघरमा खेतीपाती रोकिएन । किनभने त्यो कसैले दिएको जागिर थिएन । त्यसैले कसैले त्यो रोजगारी खोस्न पनि सकेनन् । खेतीपाती नै नभए पनि जे गर तर आफ्नै काम गर । सानो ठूलो नभनी जसले काम गर्छ त्यो जस्तोसुकै संकटमा पनि बाँच्न सक्छ । झन् हाम्रोजस्तो सरकारी टेवा र सहयोग अपेक्षितरूपमा नहुने अवस्था रहेको देशमा त यो संकटको समयमा स्वःनिर्भर रणनीति अपनाउन सकिएन भने महासंकट आउँछ नै । त्यो आइसकेको पनि छ । कोरोना संकटले मात्र होइन, कमजोर देश ठानेर नेपाललाई हेप्नेहरुको कमी छैन । छिमेकीहरुको रबैयाले त्यही भनिरहेको छ ।

अर्कोतिर कोरोना आक्रामक तरिकाले अगाडि बढिरहेको छ । अहिले यसको सेकेण्ड वेभ अर्थात् दोस्रो चरणको चर्चा चलिरहेको छ । थाहा छैन कति चरण पार गरिेसकेपछि मात्र यो सन्तुष्ट हुने हो । यसबाट बाँच्ने उपाय भनेको घरभित्र थुनिएर बस्नु हो । तर अनुभव के रह्यो भने यो सधैँ सम्भव छैन । किनभने कोरोनाले सबैको जीवनमा पूर्णविराम लगाउँदैन । अनि पूर्णविरामै नलागेसम्म भोक र आवश्यक्ताहरुले हामीलाई छाड्दैन । यसैले चलायमान त हुनुपर्छ नै ।

त्यसैले नेपालमा पनि रोग बढिरहे पनि लकडाउन खुकुलो पारिएको छ । आवतजावत बढेको छ । कार्यालय, बजार व्यवसाय खुल्न थालेका छन् । यो बाध्यता नै हो । अब कोरोना हाम्रो अभिन्न तर दुष्ट साथी भनेर स्वीकार्नुपर्छ । दुष्ट साथीसँग सधैँ बच्न पर्छ नै । यही हो अबको बाटो ।

हामी अहिले दुई भागमा बिभाजन भएका छौँ । कोरोना अगाडिको हामी । अनि कोरोना पछाडिको हामी । बीचमा कोरोना अचानकै ढसमस्स भइदियो । हरेक विषय, समाज, जीवनशैली, व्यवसाय र बजार हुँदै आर्थिक क्षेत्र त्यो बीचैमा अचानक आएको कोरोनाबाट प्रभावित छ । त्यसैले अहिले कोरोना सँगसँगै यी सबै विषयलाई जोडेरै कसरी अगाडि जान सकिन्छ भनेर बिचारविमर्श भइरहेका छन् । उपायहरुको खोजी हुने क्रम जारी छ । अनलाइन मिटिङमा प्रस्तुतिहरुका लागि जताततैबाट निम्तो आउँदा विज्ञ तथा सम्बन्धित सरोकारवालाहरु झनै बेफुर्सदी भएका छन् । यो संकटको बेलामा बजार पूर्णरूपमा पहिलाकै गतिमा नचलेसम्म आक्रामक तरिकाले अगाडि बढ्नुभन्दा भएको काम वा व्यवसायलाई नै बचाएर दिगोरूपमा अगाडि बढाउन सक्नुपर्ने धेरैको सोचाइ रहेको छ ।

यस्तैमा यो कोरोना लकडाउनको सकारात्मक पक्ष आफैँले अबको बाटो तय गरेको छ । जस्तै

– यो तीन महिनाको बन्दाबन्दीमा हामीले सीमित आम्दानीमा अति आवश्यक वस्तुको मात्र उपयोग ग¥यौँ । ती हुन भोक मार्न साधारण खाना र छाड्न नमिल्ने अति आवश्यक औषधि । यतिले पनि चल्दोरहेछ ।

– रोगको डरले घरमा उपलब्ध जडिबुटी, मसला र तातोपानी प्रशस्त प्रयोग भए । यसले मद्दत नै गर्यो । सबैले यसै गरिरहेका र भनिरहेका छन ।

– घरमा पाकेको सादा तर ताजा खानेकुरोले धेरैको स्वास्थ्य समस्या ठिक भयो । जंकफुडको प्रयोग, जथाभावी औषधी सेवन र अस्पताल गइरहनु पर्ने समस्या धेरै हट्यो ।

– घरायसी काममा महिला÷गृहिणीहरुले कति मेहेनत गर्दा रहेछन भनेर पुरुषहरुले पनि नजिकबाट हेरे र सघाए पनि । अब सधै यस्तै हुनु पर्छ ।

– रक्सी सेवनमा कमी भएकाले झगडा, हत्या हिंसा र अनेकौ विकृतिमा पनि धेरै कमी भयो ।

– शहरमा पनि घरको कौसीमा तरकारी रोपेर धेरैले आत्मनिर्भरताको पाइला चालिएका छन । बर्षौँ पछि वातावरण सफा भई पर्यावरणमा स्वच्छता र प्रदूषणरहित भयो । स्वासप्रश्वासका रोगीहरुले धेरै राहतको अनुभव गरे ।

– ब्यायाम प्रणायाम ध्यान जस्ता योगा अभ्यास धेरैले अपनाए जसले स्वास्थ्य, सोचाइ र जीवनशैलीमा नै ब्यापक परिवर्तन ल्याउँछ । यो बानी छुट्दैन नै ।

– साबुनपानीले हात धोइरहने, मास्क लगाइरहने र भौतिक दूरी अपनाइरहने बानी बसेको धेरै राम्रो हो । यसबाट अन्य रोग भएमा समेत जोगाउँछ ।

– फेशन र देखावटी प्रदर्शन कृत्रिम रहेछन्, एकसरो सादा सफा कपडाले काम चल्दोरहेछ । अनेकौँ ब्राण्डेड महंगा पोशाक नलगाइ आगामी दिनमा आयातमा कमी ल्याउनपर्छ ।

यी सकारात्मक पाटाहरुलाई हामीले सधैँको जीवनशैली बनाउन सक्छौ । हिजो सक्यौँ भने भोली किन नसक्ने ? अबको बाटो नै यहि हो वास्तबमा । सडकमा युवाहरुको चिन्ता हामीले देख्यौँ । अब मितब्ययी बन्न पनि सक्नु पर्छ । युवाहरु अधिकांशको पहिरन बिदेशी ब्राण्डेड कपडा नै छ । त्यो पहिरन अब त्याग्नु पर्छ । कतिले त स्वदेशी ढाका कपडा प्रयोग गरेका नै छन । अब रेष्टुरेण्ट, क्याफे खाना पनि लकडाउनमा जस्तै गरी त्याग्न सके स्वास्थ्यका लागि धेरै राम्रो ।

अब कामको र शिक्षाको भबिष्य बारेमा वर्क एण्ड लर्न फ्रम होम अर्थात अनलाईन मार्फत घरबाटै कार्यालयको काम बढाउने भनी सफ्टवेयरहरु धमाधम बन्न थालेका छन । कोरोना पछिको बैकिङ्ग कारोबार अनलाइन सेवामा ५० प्रतिशत भन्दा बढीको प्रगति भएको भनिएकोछ । शहरमा बिद्यार्थीले पनि अनलाईन शिक्षा पाउन थालेका र देशका सबै बिद्यार्थीमा यसको पहुँच पुर्याउने भनिएको छ । सार्बजनिक यातायात रोग संक्रमणका कारणले नचल्दा बिश्वका कतिपय देशहरुमा साइकललाई प्रोत्साहन गरिएको छ । यसको लागि सडकमा छुट्टै लेनहरु बनाउन थालिएको छ । सरकारले चाहने हो भने नेपालमा पनि यो हुन सक्छ । रोग पनि नसर्ने अनि वातावरण पनि स्वच्छ हुने ।

अर्को एउटा महत्वपूर्ण कुरा तिमी यस्तो काम गर जो कसैले पनि खोस्न नसकोस् सेल्फ इम्ल्पोइड, सेल्फ इनडिपेन्डेण्ट । यो कोरोना संकटले त्यसै भन्यो । गाउँघरमा खेतीपाती रोकिएन । किनभने त्यो कसैले दिएको जागिर थिएन । त्यसैले कसैले त्यो रोजगारी खोस्न पनि सकेनन् । खेतीपाती नै नभए पनि जे गर तर आफ्नै काम गर । सानो ठूलो नभनी जसले काम गर्छ त्यो जस्तोसुकै संकटमा पनि बाँच्न सक्छ । झन् हाम्रोजस्तो सरकारी टेवा र सहयोग अपेक्षितरूपमा नहुने अवस्था रहेको देशमा त यो संकटको समयमा स्वःनिर्भर रणनीति अपनाउन सकिएन भने महासंकट आउँछ नै । त्यो आइसकेको पनि छ । कोरोना संकटले मात्र होइन, कमजोर देश ठानेर नेपाललाई हेप्नेहरुको कमी छैन । छिमेकीहरुको रबैयाले त्यही भनिरहेको छ ।

त्यसैले निचोडमा अब आत्मनिर्भरता नै सबैको र सधैँको मूलमन्त्र हुनुपर्छ । कोरोनाजस्तो महामारीमा पनि हाम्रो काम, व्यवसाय र जीवनयापन सुचारुरुपले अगाडि बढाउन आवश्यक सावधानी अपनाउँदै स्वयं चलायमान भई अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्