Logo
Logo

शुक्रबार बेपत्ता भएका दुवै किशोरी मृत भेटिए


1.3k
Shares

अछाम । अछाममा शुक्रबारदेखि बेपत्ता भएका दुई किशोरी मृत भेटिएका छन् । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार साँझ मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार उनीहरु दुवैजना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले शनिबार बेलुकी ६ः४० बजे दुवैजना किशोरी मृत भेटिएका प्रहरीलाई खबर आएको बताए ।

परिवारिक स्रोतले बताएका अनुसार ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । तर, शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए ।

खोजीको क्रममा उनीहरु जंगलमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताए । थप अनुसन्धानका लागि डिएसपी ईश्वरीप्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ ।

प्रतिक्रिया दिनुहोस्