Logo
Logo

अखिल क्रान्तिकारीको निर्वाचन : उपत्यकाको मतगणना रोकियो


1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बन्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । शनिबार साँझदेखि भूभोलका सात प्रदेशका मतगणना भइरहेको छ । उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना भने बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा विवाद हुँदा रोकिएको छ ।

दुवै प्रदेशको मतदान काठमाडौंको भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा भएको थियो । मतगणना शनिबार बेलुकैदेखि सुरू गर्ने भनिएपनि सदर र बदर मतबारे राति अबेरसम्म सहमति जुट्न नसक्दा गणना रोकिएको हो ।

क्रान्तिकारीको निर्वाचन समितिका एक सदस्यका अनुसार मतदान सकिएपछि अध्यक्षका चारैजना उम्मेदवार र तिनका प्रतिनिधिबीच बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा छलफल भएको थियो । सोक्रममा एक प्रतिनिधिले केही विद्यार्थीले आफैले ल्याएको कलम मतदानमा प्रयोग गरेको बताएका थिए ।

त्यसरी भएका मतदनलाई सदर मान्ने कि नमान्ने भन्नेबारेमा चारै अध्यक्षका प्रतिनिधिसँग निर्वाचन समितिले छलफल गरेको थियो । त्यस क्रममा विजयप्रकाश सापकोटा, उपदेश यादव र सुदिन पौडेलका प्रतिनिधिले रातो मसीबाहेकका पनि एउटै मसी प्रयोग भएको छ भने सदर गर्नुपर्ने तर दुइटै मसी प्रयोग भएका छन् भने बदर गर्नुपर्ने बताएका थिए । त्यसपछि दुई पक्षबीच भएको विवादले उग्र रूप लिएपछि मतगणना रोकिएको बताइएको छ ।

स्थिति तनावपूर्ण हुँदै गएपछि निर्वाचन आयोगले चारै अध्यक्षका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गर्दा पनि सहमति जुट्न सकेन । त्यसपछि निर्वाचन समितिले आइतबार बिहान ११ बजेदेखि मात्रै गणना सुरू हुने गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्