Logo
Logo

युरोपियन नागरिक फर्किए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असार । लकडाउनका कारण नेपालमा अलपत्र परेर बसेका इटाली र युरोपियन मुलुकका १०० जना नागरिकहरु ५ गते शुक्रबार स्वदेश फर्किएका छन् । ती नागरिकहरुलाई स्वदेश फर्काउन काठमाडौँस्थित इटालीका अवैतनिक काउन्सिलर प्रतिमा पाँडेले संयोजनको भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ । इटालीको ड्रिमलाइनर ७८७ बोइङ विमानबाट स्वदेश फर्कन लागेका नागरिकहरुलाई बिदाइ गर्न काउन्सुलर पाँडे र काउन्सुलर अफिसर सविना श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

नेपालस्थित इटालियन काउन्सुलर अफिसको हार्दिकतापूर्ण बिदाइबाट स्वदेश फर्किन लागेका नागरिकहरु खुशी थिए । लकडाउनको अवधिमा नेपालको बसाइ र आतिथ्यता अविस्मरणीय रह्यो भनेर युरोपियन नागरिकले नेपाली जनता र सरकारप्रति आभार प्रकट गरेका थिए । इटालीको ड्रिमलाइनर ७८७ विमान पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्