काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आगामी चैत महिनामा सङ्घीय परिषद् भेला गर्ने निर्णय गरेको छ ।

शनिवारबाट वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले परिषद् भेला गर्नेसहित महत्त्वपूर्ण चार वटा निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिए ।
परिषद् बैठक अघि सातै प्रदेशहरूको गठन पुनर्गठन पनि गरिसक्ने सो पार्टीले जनाएको छ । संविधान संशोधन, कार्यगत एकतालगायतका विषयमा पनि बैठकमा छलफल भएको नेता राईले जानकारी दिए ।














