काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गरेको छ ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरूबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
अध्यादेशको आवश्यकता, विषयवस्तु लगायतका खुलेर छलफल भएको र सोमबार सांसदहरूले धारणा राख्ने उनले बताए । सांसदहरूले धारणा राखेपछि मन्त्री र शीर्ष नेताले जवाफ दिने उनले बताए ।
घिमिरेले मुलुकको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताए ।
उनले अध्यादेशमा कुनै राजनीतिक विषय र विवादास्पद विषय नभएको स्पष्ट पारे । कांग्रेस संसदीय दल बैठक सोमबार सम्पन्न हुने घिमिरेले जानकारी दिए ।














