Logo
Logo

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


252
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरिएको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्राधिकरणले ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्व सन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष मदन दाहालले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि दायित्व भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिए ।

बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको उनले उल्लेख गरे ।

अध्यक्ष दाहालले बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम लगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।कार्यक्रममा डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी तथा उपनिर्देशक पदम प्रसाद सोडारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्