Logo
Logo

ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द


756
Shares

काठमाडौं । केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द गराएका छन् ।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरू बन्द गराएका हुन्।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्न र पक्राउ परेका आन्दोलनकर्मीको बिनासर्त रिहाइको माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संर्घष समितिले अनिश्चितकालिन बन्द आह्वान गरेको हो । विभिन्न स्थानमा सुरक्षा कर्मी र आन्दोलनकर्मीको बाक्लो उपस्थिती देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारीसाधन बाहेक जिल्लामा निजी तथा सार्वजनिक सवारीसाधन नचलेको जानकारी दिए ।

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच शनिबार भएको झडपमा गोली लागेर तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्