
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी तोकेको छ । गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीले १ वर्षका लागि नेताहरुको जिम्मेवारी तोकेको हो ।
अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन् । त्यस्तै विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख, उपप्रमुख र इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
विभागीय प्रमुखको जिम्मेवारी पदाधिकारी र पोलिटब्युरो सदस्यलाई दिइएको छ भने जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई तोकिएको छ ।
निर्धारित विधि र मापदण्ड अनुरूप हरेक ४ महिनामा कार्यसम्पादन मूल्याङकनका आधारमा नेताहरुको जिम्मेवारी हेरफेर हुने सो पार्टीले जनाएको छ ।