Logo
Logo

माओवादीले बोलायो संसदीय दलको बैठक, यी हुन एजेण्डा


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम लगाएत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ । सरकारबाट बाहिरिएपछि संसदमा माओवादी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ ।

संसदको हिउँदे अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । माओवादीको नेतृत्वमा विपक्षी दलहरूले मोर्चाबन्दी गरेर नै सरकारमाथि दबाब बढाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्