Logo
Logo

पहिचानवादी मोर्चाका नेता प्रदीप मादेन पक्राउ


1.1k
Shares

काठमाडौं । पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन पक्राउ परेका छन् । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार बन्द गराउँदै हिडेको अवस्थामा उनलाई प्रहरीले कोप्चेबाट पक्राउ गरेको हो ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए ।

शनिबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप हुँदा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए ।

प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको छ । बन्दका कारण चारपाङ्ग्रे सवारी साधन चलेका छैनन् । बन्द आह्वान भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्