Logo
Logo

संसदमा शुक्रबार शीर्ष नेताहरूको सम्बोधन, प्रस्तावित मितिमा हेरफेर


1.4k
Shares

काठमाडौं । माघ महिनामा बस्ने संसद बैठकको क्यालेण्डर तय भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजो पेस भएका कार्यसूचीमा केही हेरफेर गर्दै क्यालेण्डर तय गरेको हो ।

यहि माघ १८ देखि ३० गतेसम्म बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची केहि हेरफेर गर्दै क्यालेण्डर तयार भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले भने, ‘कार्यसूची त्यही हुन्छन् । १८ गतेको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ । अध्यादेश पनि त्यही दिनमा पेस हुन्छ । निर्णयार्थ २४ गते ल्याउँछौँ । त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुन्छन् ।’

संसद र समितिको प्रभावकारिता बढाउनको लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुने भन्दै बर्तौलाले उनले संसदमा कोरम पु¥याउने कुरामा सत्तापक्ष सचेत रहेको बताए ।

सभामुखले पेश गरेको केही कार्ययोजना परिमार्जनसहित पारित गरिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्