Logo
Logo

अखिल क्रान्तिकारीकाे मतगणना नरोक्ने समझदारी


1.6k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको अवरुद्ध मतगणना सुरु गर्ने समझदारी भएको छ ।

शनिवार भएको निर्वाचन अन्तर्गत विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्षबीच विवाद हुँदा मतगणना कार्य रोकिएको थियो ।

पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्षका उम्मेदवारहरू, निर्वाचन समिति र विद्यार्थी सङ्गठनका इन्चार्ज हिमाल शर्मासहित सर्वपक्षीय बैठकले मतगणना नरोक्ने समझदारी बनेको क्रान्तिकारीका नेता मदन भट्टराईले जानकारी दिए ।

मतगणना अगाडि बढाउन अध्यक्षका उम्मेदवारले लिखित रूपमा राय निर्वाचन समितिलाई दिने र समितिको निर्णय मानेर जाने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्