काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुख्य जनसंगठनहरू युवा संघ नेपाल र अनेरास्ववियूको केन्द्रीय अध्यक्षलाई हटाएको छ ।

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी गरी युवा संघ नेपालका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष आरती लामालाई पदमुक्त गरेका हुन् । दुवै संगठनका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य भइसकेकाले अध्यक्ष नेपालले पदमुक्त गरेका हुन् ।
अपानिमा भनिएको छ, ‘अनेरास्ववियू र युवा संघमा रहनुभएका पार्टी केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरूलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकिएको छ । उहाँहरू सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न निर्देशित गरिन्छ । अनेरास्ववियू र युवा संघका इन्चार्ज तथा सह–इन्चार्जहरूलाई तुरुन्तै उक्त दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन निर्देशन गरिन्छ ।’