काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै सरकार ढल्छ भनेर केही व्यक्तिहरूले हल्ला मच्चाउने गरेको भन्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्य गरेका छन् ।
मंगलवार संसद भवनस्थित ल्होत्से हलमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डको नामै नलिई दिनदिनै सरकार ढल्ने हल्ला मच्चाउँदै सरकार ढाल्ने म्याद निरन्तर पछि सारिरहेको व्यङ्ग्य गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ०८४ को मंसिरमा सरकार परिवर्तन हुने उनले व्यङ्ग्य गरे । निर्वाचनको परिणाम आएपछि सरकार आफैँ परिवर्तन हुने उनले बताए ।
प्रमुख प्रतिपक्षी दल नेता समेत रहेको प्रचण्डले पछिल्लो समय सरकार आफैँ ढल्ने बारम्बार बताउने गरेका छन् । उता,
प्रधानमन्त्री ओली स्वयम्ले आफ्नो कार्यकालको काउन्ट डाउन गर्दै सरकार नढल्ने प्रस्टीकरण दिइरहनुपरेको छ ।
उता प्रमुख सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवा यो सरकार पूरै समय चल्नेमा ढुक्कजस्तै देखिन्छन् । कांग्रेसको संस्थापनइतर नेता शेखर कोइरालालगायत केही नेताहरू निरन्तर सरकारविरोधी अभिव्यक्ति दिइरहेका छन् ।














