
काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२–८३ मा संघीय समपूरक अनुदान तथा संघीय विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना वा कार्यक्रमका लागि प्रस्तावसहित विवरण आह्वान गरेको छ ।
२०८१ फागुन १५ गतेभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत (www.csgrants.gov.np) आयोगमा पेश गर्न सबै प्रदेश सरकार तथा स्थानीय तहको जानकारी गराएको हो ।
कार्यक्रमको प्रस्ताव पेश गर्दा ‘समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१’ र ‘विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम आयोजना वा तोकिएअनुसार विवरणसहित सोको आवश्यकता र औचित्य पुष्टि हुनेगरी सम्बन्धित अनुदानअन्तर्गत प्रस्ताव गर्न सकिने बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।
आयोजना वा कार्यक्रमको प्रस्ताव उल्लिखित कार्यविधिमा तोकिएअनुसार कानुनतः जिम्मेवार प्राप्त पदाधिकारीबाट सर्त पूरा भएको प्रमाणीकरण फारम भरी प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगको प्राथमिकीकरण सहितको सिफारिसमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय र स्थानीय तहको हकमा प्राथमिकीकरण सहितको कार्यपालिकाको निर्णय समेत पेश गर्नुपर्ने सूचनामा भनिएको छ ।














