Logo
Logo

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग


315
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विगत लामो समयदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पोखरा–१७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई यसपटक पनि सहयोगलाई निरन्तरता दिँदै एकेडेमीमा आश्रित विद्यार्थीको समुन्नतिका लागि आर्थिक सहयोग स्वरुप रु २ लाख ४५ हजार सहयोग हस्तान्तरण गरेको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुक्त रुपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त अवसरमा सञ्चालक थापाले साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बाल–बालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साथै, एकेडेमीले खेलकुदको उन्नतिको लागि निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा प्रशंशासमेत गरे ।

लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बाल–बालिकाहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका पोखरास्थित शाखाका प्रबन्धकहरू, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष विनु रानामगर, सहकोषाध्यक्ष अशोक लालचन, पूर्व सहकोषाध्यक्ष लिलबहादुर थापा, पूर्वअध्यक्ष विक्रम थकाली र सल्लाहकार सुनिल गुरुङलगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

एकेडेमीमा हाल ४० कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । साहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्