काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ स्थित लोयल्टी एकेडेमीले बुधबार ‘वार्षिक प्रि प्राइमरी तथा प्राइमरी कार्यक्रम’ आयोजना गरेको छ ।

वागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, नाटकजस्ता विविध सांस्स्कृतिक कृयाकलापहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न छिमेकी मन्टेश्वरी स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको कार्यक्रममा स–साना नानी तथा बालबालिकाले आफ्नो वाक कला प्रस्तुत गरेका थिए ।

स–साना बालबालिकाहरुको वाक कला देखेर दंग परेकी मन्त्री खड्गीले बालबालिकाको कलालाई मुक्त कण्ठले प्रशंसा गर्दै विद्यार्थीहरुको प्रतिभा देखेर आफु नतमस्तक भएको बताइन् । विद्यार्थीहरुमा सीप र संस्कारको सँगसँगै विकास गर्न सके उनीहरुलाई असल र सक्षम नागरिक बनाउन सकिने र यो मार्गमा लोयल्टी एकेडेमीले पनि कार्यदिशा बनाउने कुरामा आफु विश्वस्त रहेको उनले बताइन् ।

कक्षा नर्सरीदेखि कक्षा ४ सम्म करिब चार यस विद्यार्थीको विविध प्रस्तुती रहेको थियो । कार्यक्रममा विभिन्न सन्देशमुलक नाटक तथा नृत्य प्रस्तुत गरेर बालबालिकाहरुले अतिथि तथा अभिभावकहरुको मन जितेका थिए ।
विद्यालयका संस्थापक निर्देशक नन्दा सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक विरेन्द्र कुरुम्बाङले कार्यक्रमको विषयमा प्रकास पार्दै विद्यालयले आगामी वर्षहरुमा विद्यालयलाई थप प्रविधिमैत्री बनाउँदै लैजाने योजना प्रस्तुत गरेका थिए ।
माघ २१ गते सरस्वती पूजाको अवसरमा आम अभिभावकलाई पूजामा सहभागी भई प्रसाद ग्रहणको निम्तो दिँदै उनले विद्यालयले उक्त दिन विषेश छुटसहित नयाँ विद्यार्थी रजिष्ट्रेशन गरिनेसमेत जानकारी गराएका थिए ।