Logo
Logo

सरकार पूर्णरुपमा असफल भइसक्यो : अग्नि सापकोटा


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।  

बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजीविकाका विषयमा सरकार पूर्णरुपमा असफल भइसकेको बताएका हुन् । उनले दुई तिहाइको सरकारले सदनबाट डराएर बदनियत पूर्ण ढङ्गले अध्यादेश ल्याएको आरोप लगाए । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनले बताए ।

सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकहरूलाई फास्ट ट्र्याकमा लैजाने कुराले सरकारले अतालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको उनले बताए । .

सापकोटाले पार्टीलाई एकताबद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्धाउन नसक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्