Logo
Logo

सामाजिक सञ्जालसम्बन्धी विधेयक स्वीकार गर्दैनौं : रास्वपा


630
Shares

काठमाडौं । राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा) ले संसद्मा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधानहरू स्वीकार गर्न नसक्ने बताएको छ ।

अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार गर्न नसकने र अविलम्ब उक्त विधेयक फिर्ता लिन पार्टीले आग्रह गरेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

कार्यबाहक महामन्त्री बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै अध्यादेशका गलत बाछिटाहरूले राजनीतिलाई दूषित बनाइरहेको र सोही सेरोफेरोमा सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने प्रयास भएको भन्दै उक्त नियत गलत भएको बताएका छन् ।

रास्वपाले विज्ञप्तिमार्फत् भनेको छ, ‘अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको यो विधेयक पछाडिको नियत सही देखिँदैन ।सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिई यसका प्रत्यक्ष र परोक्ष सरोकारवालाहरुसँगको परामर्श तथा संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्