काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तामाङ समुदायको सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
उनले नेपाल एक बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक मुलुक भएको र यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएको बताएका छन् ।
उनले भनेका छन्, ‘तामाङ समुदायले मनाउने यो पर्वले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’