काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत थाइल्याण्डविरूद्ध नेपालले पहिले ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालको आजको खेल जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । त्यतिबेला नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोडेको थियो ।
थाइल्याण्डले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध ८ विकेटको सानदार जित निकालेको थियो। नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले २ विकेटको क्षतिमा १८ ओभरमै पूरा गरेको थियो ।
यस हिसाबमा थाइल्याण्ड नेपालका लागि बलियो चुनौती हुने देखिएको छ। पहिलो खेलमा हार ब्यहोरेको नेपाल दोस्रो खेल जित्ने लक्ष्यमा छ । सिरिजमा तीनै टोलीले दुई दुईपटक एक अर्काविरूद्ध खेल्नेछन् ।











