Logo
Logo

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर संसद्को अपमान गर्‍यो : देवेन्द्र पौडेल


378
Shares

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले ३१-३१ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेर संसद्को अपमान गरेको टिप्पणी गरेका छन् ।  

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउन संविधानले नरोकेको भए पनि वर्तमान सरकारले संसद्कै अपमान हुने गरी काम गरेको बताए ।

अध्यादेश लोकतान्त्रिक मूल्य मान्यतालाई अगाडि बढाउने हिसाबले नआएको र यसको प्रक्रिया नै गलत रहेको उनको दाबी छ । नेता पौडेलले एक हप्तामा फास्ट ट्र्याकमा सदनमै कानुन बनेको नजिर रहेको उल्लेख गरे । नेता पौडेलले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक सरकारले फिर्ता लिएर पुनर्लेखन गर्नुपर्ने पनि बताए ।  

उक्त विधेयकमा नियमन गर्नेतिर भन्दा पनि तर्साउनका लागि दण्डको व्यवस्था गरिएको उनले बताए । उनले आफूहरूले सरकार ढाल्ने कुनै पनि वार्ता र लबिङ नगरेको स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस्