काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका एजेन्डामाथि छलफल भएको छ ।

शनिबारको बैठकमा ३४ सदस्यीय कार्यकारिणी समिति सदस्यहरूले अध्यक्षद्वारा प्रस्तुत एजेन्डामाथि आफ्नो धारणा राखेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बैठकमा ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेन्डामा छलफल भएको बस्नेतले बताएका छन् । बैठक आइतबार सम्म चल्नेछ ।