Logo
Logo

भारत दुर्घटनामा ज्यान गुमाउने ५ जनाको शव आज नेपाल ल्याइँदै


1.4k
Shares

काठमाडौं । भारतको मधुवनीमा हिजो दिउँसो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने पाँच जनाको शव नेपाल ल्याउने तयारी भएको छ । उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका महोत्तरी र धनुषाका पाँच जना सवार गाडी मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन् ।

उनीहरुको शव लिन आफन्त भारततर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए । दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन् । डीएसपी जैसवालका अुनसार घाइते सबैको अवस्था गम्भीर रहेको र स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

मृतक जिप चालक सिराहाका भएको प्रहरीले जनाएको छ । यद्यपी अझैसम्म उनको परिचय खुलेको छैन । गाडी चालकसहित मृतक पाँच जना चार परिवारका सदस्य हुन् । उनीहरू गाडी रिजर्भ गरेर एकसाथ कुम्भ स्नान गर्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्