Logo
Logo

स्वर्गद्वारीका मोही किसान पुनः आन्दोलित


315
Shares

काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो । सहमतिअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानको मागलाई सम्बोधन हुनेगरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्नुपर्ने थियो । तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले फेरि आन्दोलन सुरु गरेका हुन् ।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका प्रवक्ता प्रविण थारुले मोही किसानलाई मोही पूर्जा प्राप्त भएपनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताएका छन् । सरकारले आफुहरुसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफुहरुले पाउनुपर्ने मोही किसानको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्