Logo
Logo

महोत्तरीमा १९ वर्षीया युवतीको विभत्स हत्या


1k
Shares

काठमाडौं । धारिलो हतियार प्रहार गरेर महोत्तरीमा एक जनाको विभत्स हत्या भएको छ । राति घरबाट निस्किएकी महोत्तरीको गौशाला नगरपालिका–८ की १९ वर्षीया खुश्बु यादवको विभत्स हत्या गरिएको अवस्थामा आज बिहान शव भेटिएको हो ।

खुश्बुको शव हत्या भएको अवस्थामा गौशाला नगरपालिका–५ मा विद्युत् प्राधिकरण कार्यालयको खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्