Logo
Logo

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ


1.3k
Shares

काठमाडौं । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । म्याग्दी प्रहरीले थापालाई पक्राउ गरेर सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

एक वर्ष अघि सहकारी रजिष्ट्रारको कार्यालय पोखराले थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको प्रतिवेदन बुझाएको थियो । तर, उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।

०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए ।

उनीहरूको माग अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानविन गर्न अख्तियारी दिएको थियो । गौतमको छानविन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्