
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्र ः नीति र व्यवहार बिषयक छलफलमा पौडेलले लामो समयदेखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका हुन् ।
समस्या समधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको उहाले बताउनुभयो । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले बिभिन्न अध्यादेश ल्याएको जिकिर गरे । अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको नीजि क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दावी गरे ।
नीजि क्षेत्र उठाउदै आएका मागहरुलाई सम्बोधन गर्ने गरि ६ वटा अध्यादेशबाट बिभिन्न ऐन ल्याएको उल्लेख गर्दै मन्त्री पौडेलले अध्यादेशबाट आएका कानूनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको बताए ।














