Logo
Logo

हत्या आरोपमा एकजना पक्राउ


693
Shares

रसुवा । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उत्तरगया गाउँपालिका–१ घर भई सोही गाउँपालिका–५ बोगटिटार बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्