Logo
Logo

किताबखानामा घुससहित समातिएका प्रसाईविरुद्ध मुद्दा दायर


1.8k
Shares

काठमाडौं । घुस रकमसहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध मुद्दा दायर भएको छ ।

गत पुस १४ गते ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रसाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको हो । अपख्तयारले विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा प्रसाईसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको जनाएको छ ।

‘अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस माग गरी लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको’ विज्ञप्तिमा उल्लेख छ ।

प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन् । उनी हाल शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्