Logo
Logo

३८ वटा मानव खप्पर र १० वटा नली खुट्टासहित एकजना पक्राउ


4.5k
Shares

विराटनगर । मानव कंकालसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगर–१७ का विनोद रायलाई मानव कंकालसहित आज पक्राउ गरेको हो ।

बिहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गर्दा डिउटीमा खटिएको टोलीले पक्राउ गरेको सीमामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टाको हड्डी बरामद गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्