Logo
Logo

पाथीभरा केवलकार विवाद : पहिचान पक्षधरसँग वार्ता समिति गठन गर्ने


3.4k
Shares

काठमाडौ । सरकारले ताप्लेजुङको पाथीभरामा  केवलकार खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरसँग वार्ता गर्न वार्ता समिति गठन गर्ने भएको छ ।

पुर्वमन्त्री तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्य माननीय सीता गुरुङको नेतृत्वमा पाथीभरा केवुलकार विवादवारे ध्यानाकर्षण गराउन गरेको टोलीसंग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकमार गुप्ताले उक्त जानकारी दिए । मन्त्री गुप्ताका अनुसार आजै सरकारको तर्फबाट वार्ता समिती घोषणा हुनेछ ।

पुर्वमन्त्री गुरुङले सरकारसँग केवलकार निर्माण कम्पनी र आन्दोलनरत पक्षलाई तुरुन्त वार्तामा बोलाऊन माग गरेका छन् । टोलीमा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङ, अधिवक्ता तथ लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष नितेश सिंघक लिम्बूलगायतको सहभागिता रहेको थियोे ।

गत माघ १२ गते केबुलकार विवादमा झडपपछि सुरक्षाकर्मीले गोली चलाउदा ३ जना गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा पहिचान पक्षधरले आज र भोलि पुर्वका ९ जिल्लामा आम हडताल आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्