विराटनगर । उमागौरी कृषि सहकारी ठगी प्रकरणका मुख्य आरोपी एवं संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । आदेशपछि उनी कारागार चलान भएका छन् ।
यस सहकारी ठगी प्रकरण मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् । तर कोइराला १० लाख धरौटी बुझाएर रिहा भइसकेकी छन् ।
२४ पुसमा मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै अन्जलाले १० लाख रूपैयाँ बुझाएर रिहा भएकी हुन् ।














