काठमाडौं । एसएसपी, एसपी बढुवामा आलोचित भएका गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक वसन्त कुँवर ७५ जना इन्स्पेक्टरलाई डिएसपी बढुवा गर्ने अन्तिम तयारीमा छन् । नेपाल प्रहरीका ३७ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएसँगै हाल डिएसपीको रिक्त संख्या ७५ दरबन्दी रिक्त भएपछि सो तयारी भएको हो ।

डिएसपी बढुवाका आकांक्षीहरू यतिबेला आइजी कुँवरको चेम्बरमा भिड लगाउने अवस्था छन् भने उता गृहमन्त्री, गृहसचिवलाई पनि भेटेर आफ्नो नम्बर अघि बढाउने प्रयासमा छन् । यसअघि ३८ डीएसपी दरबन्दी रिक्त रहेको अवस्थामा प्रहरी प्रधान कार्यालयले एक हप्ताअघि ३७ डिएसपीलाई एसपीमा बढुवा गर्दा डिएसपीको रिक्त संख्या ७५ पुगेको थियो । ७५ डिएसपी रिक्त रहदै गर्दा प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट डिएसपी बढुवाका लागि तयारी सुरु गरेपछि काम नै छाडेर ८० इन्स्पेक्टर काठमाडौ आएका छन् ।
डिएसपीमा बढुवाका लागि वि.सं. २०७० मा इन्स्पेक्टरमा भर्ना भएकाहरुबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि ०७० को ब्याचबाट दुई लटमा डिएसपी भइसकेका छन् । त्यतिबेला भर्ना भएका १ सय ४४ जनाबाट हाल ७९ जना अझै इन्स्पेक्टरमै छन् ।
प्रहरी प्रधान कार्यालयले २०७० मा भर्ना भएकामध्ये २०८० जेठ २२ गते पहिलो लटमा ४६ जना र त्यसको एक वर्षपछि २०८० चैत २२ गते दोस्रो लटमा सोही ब्याचका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरिसकेको छ ।
अब हुने डिएसपी बढुवाका लागि सोही ब्याचबाट ७९जना भएपनि प्रहरी प्रधान कार्यालयले ७५ जनालाई बढुवा गर्नेछ । तर दरबन्दी ७५ मात्रै रहेको अवस्थामा ०७० को ब्याचबाट ४ जना बढुवा हुनबाट छुट्ने निश्चित छ । अहिले काठमाडौँमा सोही ब्याचका इन्स्पेक्टरहरूले बढुवा हुनका लागि शक्तिकेन्द्रमा आ–आफ्नो लबिङ सुरु गरिसकेका छन् ।
पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए । त्यतिबेला पहिलो नम्बरमा रन्जन अवा, दोस्रो नम्बरमा कमल बेल्वासे, तेस्रो नम्बरमा यमकुमार श्रेष्ठ गरी ४६ जना डीएसपीमा बढुवा भएका थिए ।
सोही व्याचका चन्द्र बहादुर थापा, इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीर दत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगा बहादुर सारु, टेकबहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह,राजु खत्री, हिम बहादुर खत्री,मधु नेपाल, मोहनजंग बुढाथापा, चक्र बहादुर डम्बरपाल, अनिलराज गिरी, सुरेन्द्र प्रसाद जोशी, पविन्द्रबहादुर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य,बसन्त गौतम,राजन रायमाझी, पन्चलाल गोले, जनक पुरी, लोक बहादुर जि.सी.,केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी,चन्द्र भुसन यादव, बसन्त पाण्डे,प्रशन्नराज चौधरी, बिष्णु प्रदीप बस्याल, शिला थापा, सुरेश गौतम, भीमबहादुर खड्का,रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवश बहादुर जिसी, राजेन्द्रकुमार उपाध्याय, हरिबहादुर बि.सी., गणेशचन्द्र कोईराला, बिक्रम लामा, होम प्रकाश चौधरी,पदमराज थापा, राजकुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देबेन्द्रकुमार मल्ल,दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, योगराज खतिवडा,डम्बर बहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुनार,गोबिन्द रावत, सुवास भट्टराई, देबेन्द्र बहादुर शाह, नरेशराज मल्ल, हिमा थोकर, राजिब श्रेष्ठ,भाष्कर खतिवडा, सुरज बहादुर खड्का,कृष्ण प्रसाद बिष्ट,अनिल पण्डित, मदन थापा, वकिल बहादुर सिंह, हरि बहादुर बस्नेत,शंकर खड्का बढुवाको सूचीमा रहेका छन् ।