काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से १०.९८ अंकले घट्दा परिसूचक २६७७.३२ अंकमा पुगेको हो ।

बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बजारमा ८ अर्ब ३३ करोडको कारोबार भएको थियो ।
समग्र बजार घट्दा आज १६१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । ७७ कम्पनीको मूल्य बढ्दा ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारबीच आज १३ वटा समूहमध्ये ११ वटा समूहको सूचकमा गिरावट आएको छ ।














