काठमाडौं । सशस्त्र प्रहरीको कमाण्ड रहेकै मोरङको रानी भन्सारबाट हुने तस्करिले सीमा नाघेको छ । रानीस्थित सशस्त्र प्रहरीको बिओपीको बाटो हुँदै सयौंको संख्यामा साइकल र मोटरसाइकलमा दिउँसै र रातको समयमा ट्रकमा तस्करी मौलाएको हो । बिओपी इन्चार्ज डिएसपि ऋषिकेश राउतले नै झोले पोकेहरुलाई छाडिदिनु ट्रक आएमा खबर गर्नुभन्द तस्करीलाई प्रश्रय दिएका त्यहाँका एक व्यापारीले भने । ‘रानी भन्सारबाट तस्करी बढ्नुमा सशस्त्र प्रहरीका डिएसपीकै संलग्नतामा रहेको छ’,स्रोतले भन्यो ।

मोरङका एसपी बिश्वबन्धु खड्का सरुवाको सुचना निस्किएपछी भारततर्फ घुमघाममा गएका छन् । उनकै निर्देशन र डिएसपी राउतको संलग्नतामा तस्करी बढेको अर्का एक प्रहरीले भने । अहिले रानी भन्सार नाकाबाट हुने अबैध सामान बरामदी पनि शून्य प्राय भएको छ । केही समय अघि सम्म दैनिक लाखौं रुपैयाँको अबैध सामान बरामद हुने नाका बाट अहिले हप्तामा पनि मुस्किलले २÷४ हजारको सामान बरामद हुने गरेको भन्सार कर्मचारीले बताएका छन् । यस्ले राजाश्व पनि प्रभावित भएको भन्सार श्रोत बताउंछ । ‘डिएसपी साबको धन्दानै तस्करी गराउने छ त कसरी तस्करी नियन्त्रण हुन्छ ? एक स्थानियले प्रश्न गरे ।
कोशी प्रदेशको राजधानी विराटनगरमा सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति रहेपनि रानीमा सुरक्षाकर्मीहरु नै नभएको आभास हुन थालेको स्थानीय व्यापारी र सर्वसाधारणले गुनासो गरेका छन् । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, सीमा सुरक्षा फोर्स, सीमा सुरक्षा बेस क्याम्प, इलाका प्रहरी कार्यालय भएको विराटनगर क्षेत्रकै नाकाबाट तस्करी बढेसँगै यसलाई रोक्न चुनौती देखिएको छ । भारतसँग सीमा जोडिएको विराटनगरमा वैधानिक बाटो भएर भन्सार जाँचपास चौकी आईसीपी, साबिक रानी भन्सारबाट तस्करीका मालसामान नेपाल भित्रिने गरेको छ । साबिक रानी भन्सार क्षेत्रमा भन्सार कार्यालय विराटनगरले चेकजाँचमा कडाइ गरेको छ तर सशस्त्र प्रहरी सहयोगी बनेपछि भन्सार कार्यालयका अधिकारीहरु पनि मुकदर्शक बन्ने गरेका छन् ।
विराटनगरको मटेर्वा नाका, इस्लामपुर, दरैयाजस्ता क्षेत्रबाट दिउँसो र राति तस्करी भइरहेको दाबी भन्सार कार्यालयको दावी छ । त्यसबाहेक भेडियारी, जहदाको तारेगामा, गलेरिया, धनपालथानको नोचा, खयरबोना, मझारे, रङ्गेलीको चोप्राहाजस्ता नाकाबाट सेटिङमा तस्करीको कारोबार भइरहेको स्रोतले जनाएको छ । त्यहाँबाट इस्टकोट, झुल, चुलो, बर्नर, कुकरका हेन्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीका सकप, धुलो दूध, जुत्ताचप्पल, गलबन्दी, गाईबस्तुलाई खुवाउने भिटामिन, प्लास्टिकका कुर्सी, पूजाका सामग्री, झोलाका क्लिप, मोजा, युरिया मल, चिनीजस्ता सामग्रीहरु तस्करी हुने गरेका छन् ।